जापान रोजगारीमा एक हजारले मात्र भाषा परिक्षा दिन पाउने

जापानले पहीलो चरणमा नर्सिङग र Care giver मा नेपाली कामदार लैजाने भयको छ l यसका लागि उम्मेदवारले सिप र भाषा परिक्षा पास गर्नुपर्ने हुन्छ l स्रोतका अनुसार लाखौ नेपालीले भाषा परिक्षा तयारी गरी रहेका छन् l आवेदन दीएका सम्पूर्णले भाषा परिक्षामा भाग लिन नपाउने भएका छन् l

जापान रोजगारीमा एक हजारले मात्र भाषा परिक्षा दिन पाउने

परीक्षार्थीको ठुलो चापलाई उचित ब्यबस्थापन गर्न आवेदन दीएका मध्ये luckey Draw मार्फत १००० जनालाई मात्र भाषा परिक्षामा सहभागी गराउने भएको छ l

भाषा परीक्षाको आवेदन फारम निशुल्क भर्न पाइन्छच l भाग्यमानी उमेदवारहेरुले मात्र भाषा परिक्षामा भाग लिन पाउने छन् l

Online फारम भर्ने अन्तिम मिति

भाषा परीक्षाको फारम असोज १० गते शुक्रबार बाट सुरु भएको छ l इच्छुक नेपालीले भाषा परीक्षाको अनलाइन फारम भर्न सक्नुहुन्छ l भाषा परिक्षाको फारम परिक्षा मितिको ३ दिन अगाडी सम्म भर्न मिल्छl तर परिक्षाको दिन आइतबार र शनिबार परेमा ४ दिन आगाडी फारम भर्नु पर्छ l

जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजान लागेको हो। भाषा परीक्षाका लागि जापानले लक्की ड्रमार्फत एक हजार जना छनोट गर्नेछ। भाषा परीक्षामा उत्तीर्ण भएका मात्रै केयर गिभरका लागि जापान जान पाउनेछन्।

भाषा परिक्षामा भाग कसरी लिने ?

यो भाषा परीक्षाको फारम  पूर्णरुपमा अनलाईन प्रबिधिमा आधारित छ l यस सम्बन्धि थप बिबरण तल दीएको छ i

भाषा परीक्षाका लागि जापानले असोज २२ गते मात्रै नतिजा प्रकाशन गर्नेछ। लक्की ड्रमार्फत छानिएकाले असोज २४ गते दुई हजार पाँच सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउँछन्।

नेपाली कामदारका लागि जापान आकर्षक मुलुक हो। जापानीसरह सेवासुविधा पाइने भएकाले पनि जापान जान चाहनेको संख्या अत्यधिक छ। करीब लाखभन्दा बढीले जापानी भाषा अध्ययन गरिरहेको बताइन्छ। जापान जान चाहनेको संख्या अधिक हुने संकेत देखिएसँगै जापानले लक्की ड्रमार्फत छोटो सूची बनाएर भाषा र सीपको परीक्षा लिने योजना बनाएको हो। भाषा परीक्षाका लागि आवेदन दिँदा कुनै शुल्क लाग्दैन l

Back to top button