सामान्य कामदार सरह नै नेपाली सुरक्षा गार्ड मलेसिया जान पाउने

अरु कामदार सरह नै सुविधा पाउने

काठमाडौँ —  गत कार्तिक १२ गते भएको श्रम समझदारी अनुसार नै नेपाली सुरक्षा गार्डलाई मलेशिया लैजाने नेपाल सरकार र मलासिया बीच सहमति भयको छ ।
‘विशेष श्रम समझदारी’ नगरी सामान्य कामदार सरह नै नेपाली सुरक्षा गार्ड ल्याउन मलेसिया सहमत भएको छ ।

पुत्राजयमा बिहीबार सम्पन्न नेपाल र मलेसियाबीच को संयुक्त कार्यदल ले बैठकमा यस्तो सहमति गरेको छ ।

हाल सम्म मलेशिया मा नेपाली मात्र ४० हजार सुरक्षा गार्ड कार्यरत छन्। अहिले सम्म मलेसियाले नेपाल बाट मात्रै सुरक्षा गार्ड लैजाने गरेको छ ।

सो बैठक को निर्णय अनुसार अब बाट मलेसियामा आउने सुरक्षा गार्डले पाउने न्युनतम तलब ११ सय रिंगेट तोकियाको छ ।
साथै अबको दिन बाट मलेसियाको श्रम कानुनबाट पाउने सबै सुविधाहरु नेपाली सुरक्षा गार्डहरुले पाउनेछन् तर
यसअघि सुरक्षा गार्डहरुले पाउने तलब निश्चित थिएन ।

यो संगै सुरक्षा गार्ड पनि शुन्य लागतमा आउने बाटो खुलेको छ ।

कल्याणकारी कोष, बिमा, राहदानी र अभिमुखीकरण तालिको लागि कामदारले बढीमा ५०५ रिङगेट तिर्नुपर्ने भयको छ ।

Back to top button