
आयो अब नयाँ प्रवेश परिक्षाको तालिका l चिकित्सा अध्ययन संस्थानले थप जानकारी उपलब्ध गराए पछि हामी त्यो जानकारी पनि यसै पेज मार्फत गराउने छौ l
चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका MBBS, BDS, BNS, BSc Nursing, BPH को प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने भएको छ ।
संस्थानको आज बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यस अघि सर्वोच्च अदालतले प्रवेश परिक्षा स्थगित गरेको थीयो l ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।
सर्वच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगित गरेर पुनः गर्न अर्को मिति निर्धारण गरिएको हो । यो निर्णयले तमाम विधार्थीलाई राहत दीएको छ l
ती तहका नयाँ शैक्षिक कार्यक्रम अन्तर्गत MBBS मा मात्र करीब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए ।
हाल त्रिविवि, काठमाण्डौ विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ कलेजमा MBBS को अध्ययन हुनेगर्दछ ।
यो समाचार आजको गोरखापत्रमा प्रकाशित भयको छ l
नेपाल सम्बन्धि सम्पूर्ण ताजा समाचारको लागि हाम्रो वेब पेज हेर्नुहोस् l