नेयमार को ९२ औ मिनेट को निर्णायक गोल संगै पी एस जी विजाई तर फ्यान मा ठुलो आक्रोश

एजेन्सि – सुपर स्टार स्ट्राईकर नेयमार को ९२ औ मिनेट को निर्णायक गोल संगै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन ले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले स्टार्सबर्गलाई १–० गोलले हरायो । घरेलु मैदानमा पीएसजीलाई जिताउन नेयमारले निर्णायक गोल गरे ।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले डि बक्स बाट उत्कृष्ट बाईसाइक्लिङ गोल गरेका थिए ।

नेयमार को गोल संगै पी एस जी विजई भय पनि फ्यान हरुमा भने उनि माथि ठुलो आक्रोश देखियको छ। खेलको सुरुवाती समय मा फ्यान हरुले उनलाई बू गरेर उनको बिरोध गरेका थिय।

२२२ मिलियन को वोर्ल्ड रेकोर्ड साइनिङ्ग गरेर २ सिजन अगाडी मात्र बार्सिलोना बाट उनि पी एस जी मा आयका थिय।

पीएसजी छाड्ने चर्चा चले संगै पी एस जी का फ्यान हरु उनि प्रति आक्रोशित हुदै आयका छन् । यद्यपी उनको पीएसजी छाड्ने चर्चा अझै सेलाएको छैन ।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले पाँच खेलबाट १२ अंक बनाएको छ । स्टार्सबर्गले पाँच खेलबाट तीन अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रेनेसको १० अंक छ ।

खेल पछि पत्रकारहरु संग कुराकानी गर्दै नेयमारले आफ्नो पी एस जी छाड्ने इक्षा आफ्नो व्यक्तिगत कारण हो भन्दै फ्यान हरुको व्यबहार प्रति निराशा प्रकट गरेका छन्।

Back to top button