एप्पल ले सार्वजनिक गरेको नयाँ आइफोन मा के छ त तेस्तो विशेषता

एजेन्सि – एप्पलले आफ्नो नयाँ मोडलका फोनहरु तिन आइफोनहरु सार्वजनिक गरेको छ ।

अमरेकिको क्यालिफोर्नियामा आयोजित एक कार्यक्रमकाबीच एप्पलले आईफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

नयाँ आइफोनहरुको बजार मूल्य क्रमश: ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ।

एप्पलले जनाए अनुसार सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने छन् ।

एप्पल का अनुसार नयाँ आइफोन रातो,कालो,पहेँलो,सेतो, हरियो र बैजनी गरी ६ रङमा उपलब्ध छ।

आइफोनका ११ सिरिजका फोनको मुख्या विशेषता भनेको लङ लाइफ ब्याट्री हो। यो सिरिजका फोनको ब्याट्री आइफोन १० का मोडलहरुभन्दा धेरै टिकाउ हुने उसले दाबी गरेको छ ।

यस्तै एप्पलले पहिलो पटक यी फोनहरुमा ए१३ बायोनिक प्रोसेसर प्रयोग गरेको छ। बायोनिक प्रोसेसरले फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउँछ। आइफोन-११ मा चाँडै फेस अनलकको सुविधा समेत छ।

यी सबै नयाँ फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ। आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ।

क्यामेरामा रात्री मोड सुविधा समेत भएको आईफोन-११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन्।

फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ। यस्तै फोनले ४के भिडियोहरु समेत सजिलै खिच्न सक्ने कुरा बताइयको छ।

तर वाईफाई ६ सपोर्ट गरेपनि आइफोन-११ मा फाइभजी भने उपलब्ध हुने छैन।

Back to top button